भारतको केरालामा रहेको एमईएस स्कुलको विराटनगरमा नि:शुल्क सेमिनार

भारतको केरालामा रहेको एमईएस स्कुलको विराटनगरमा नि:शुल्क सेमिनार

विराटनगर । भारतको केरलामा रहेको एमईएस ईन्टरनेशनल स्कुलले विराटनगरमा एक दिने विद्यार्थीलाई नि:शुल्क शैक्षिक सेमिनार गरेको छ ।

भर्खरै कक्षा १० को एसईई परीक्षा दिएका विद्यार्थीका लागि बिहीबार विराटनगर रोडशेषमा रहेको होटल ईष्टर्न स्टारमा एक दिने निशुल्क शैक्षिक सेमिनार गरेको हो । एसईई दिएका विद्यार्थीहरुलाई आगामी पठनपाठन र करियर छनौट सम्बन्धमा सहयोग पु¥याउन उक्त सेमिनारको आयोजना गरिएको आयोजकले जनाएको छ । प्लस टु मा छनौट गर्नुपर्ने बिषय र कलेजका सम्बन्धमा विद्यार्थीहरुलाई स्पष्ट पार्न सेमिनारको आयोजना गरिएको कलेजका पूर्व विद्यार्थी प्रसिद्ध थापा काजीले जानकारी दिए ।

निःशूल्क सेमिनारसँगै कलेजमा एमईएसमा प्लस टु तहमा नयाँ भर्ना समेत खुलेको साथै विद्यार्थीहरुलाई मनोरन्जन प्रदान गर्नको लागी सास्कृतिक कार्यक्रम समेत गरेको थियो । नि;शुल्क सेमिनार कार्यक्रममा विराटनगरमा भाईरल उड डान्स स्टुडियोका कलाकारहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेका थिए ।

निशुल्क सेमिनारमा विराटनगर , रंगेली , दुहवी, ईटहरी लगायतको स्थानबाट १५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएको निशुल्क शैक्षिक सेमिनार कार्यक्रममा संयोजक प्रसिद्ध थापाले बताए । प्लस टुु को विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको कलेजले जनाएको छ । करियर सम्बन्धी उचित परामर्श, दक्ष तथा अनुभवी शिक्षक, व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलाप तथा प्रतिस्पर्धात्मक वातावरणमा पठनपाठनको योजनाबद्ध कार्यक्रम लगायतका सुविधाहरु बारे एमईएसका संचालक तथा शिक्षकहरुले बताएका थिए ।

नि:शुल्क सेमिनारमा स्कुलको तर्फबाट अब्दुल गुफर, प्रिन्सीपल आशा विज्यु, डाईरेक्टर तथा भ्वाईस प्रिन्सीपल श्रीलेखा पिले कलेजको बारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्