विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १४, १८ र १७ को भित्री भेगमा रहेका सडकमा सुकाउन राखिएका मकै महानगरपालीले उठाउन थालेको छ ।
सडकमा सवारी कुदाउनको लागी भनिएता पनि अहिले सो क्षेत्रका अधिकास स्थानियवासीले मकै सडकमा सुकाउन थालेपछि महानगरले उठाउन थालेको छ ।
विच सडकमा मकै सुकाएका कारण दुर्घटना बढ्न थालेपछि विराटनगर महानगरपालीको नगर प्रहरीले सडकमा सुकाउन राखिएका मकै उठाउन थालेको हो । नगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार हामीले पटक पटक सम्झायौ तर पनि सडकमा मकै सुकाउने काम भने रोकिएन त्यसैले अहिले हामीले आफै उठाउन थालेका हौँ ।
बाटोमा मकै सुकाएकै कारण यस अघि पटक पटक सो क्षेत्रमा धेरैवटा दुर्घटना भई धेरै जना मानिस घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ । एक छिन यता हेरउत बिकास प्रेमि सरहरु ,यो विराटनगरको जतुवा भन्ने ठाउँ हो यहाँ पिच बाटो मकै सुकाउनकै लागि बनाएको हो रे नित स्थानियको भनाई हो । तर नगर प्रहरीलाई विश्वासलागेन तेसैले बेल्चाको प्रयोग गरि मकै उठाउदै नगर प्रहरी ।