विराटनगर। कोसी अस्पतालमा परिसरमा राखेको मोटरसाइकलमा शुक्रबार दिउँसो आगजनी भएको छ । अस्पतालमा कार्यरत चिकित्सकको मोटरसाइकलमा आगजनी गरिएको हो।
अस्पतालका कन्सल्टेन्ट सर्जन डा. रविनराज सिंहको मोटरसाईकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । आगजनी कसरी भयो भन्ने विषय अनुसन्धान भईरहेको छ, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भन्नुभयो–त्यसका बारेमा हामीले अन्य प्रमाणहरु खोजिरहेका छौं । आफैं लाग्यो की कसैले आगजनी गरेको भन्ने यकिन भईसकेको छैन ।
अस्पतालमा राखिएको को २५ प ५०२४ नम्बरको मोटरसाइकलमा आगलागी भएपछि चिकित्सक तथा अस्पतालका कर्मचारीको सहयोगमा निभाइएको थियो । नियमित कार्य तालिका अनुसार बिहीबार राति करिब ९ बजे अस्पताल परिसरमा बाइक पार्किङमा राखिएको थियो ।