विराटनगरमा इच्छुकलाई सम्झिइयो

<span class='c1'>विराटनगरमा इच्छुकलाई</span> <span class='c2'>सम्झिइयो</span>

विराटनगर । विराटनगरमापनि सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृतिदिवसको अवसरमाअन्तरक्रियागरिएको छ । विराटनगरमाआज प्रेस सेन्टर नेपालमोरङ र प्रेस सेन्टर नेपालविराटनगर शाखालेअन्तरक्रिया गरेको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश १ सचिव गणेश उप्रेतीले पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकले पत्रकारिता र साहित्य क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा गरे ।
पत्रकार सेन इच्छुक समाजको ऐना रहेको उनले स्मरण गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघप्रदेश १ का महासचिव विवेक गौतम, नाटककार तथाश्रष्टा भरत गुरागाईं बर्बरिकले पनि इच्छुकको योगदानको चर्चा गरेकाथिए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले तत्कालिन सरकारको विरुद्धमा आवाज उठाएकै कारण एक होनाहार पत्रकारले ज्यान गुमाउनु परेको स्मरण गरे । कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहार, प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले पनि कृष्ण सेन इच्छुकलाई स्मरण गरे । उनीहरुले पत्रकार महासंघले पनि कृष्ण सेनको स्मृति दिवस साझा रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।

तत्कालिन जनादेश साप्ताहिकका सम्पादक रहेका कृष्णसेन इच्छुकलाई सेनाले हिरासतमा लिएर लामो समयसम्म वेपत्ता बनाउँदै २०५९ जेठ १३ गते हत्या गरेको सार्वजनिक भएको थियो । सोहीदिनको स्मरणमा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरले आज विभिन्न कार्यक्रम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्