मोरंग व्यापार संघ र स्नाकोत्तर क्याम्पस विराटनगरबीच सम्झौता

मोरंग व्यापार संघ र स्नाकोत्तर क्याम्पस विराटनगरबीच सम्झौता

विराटनगर । मोरंग व्यापार संघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस, विराटनगरबीच समझदारीमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष नविन रिजाल र क्याम्पस प्रमुख जयनारायण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

वर्तमान उद्योग÷व्यवसायको अवस्था, प्राकृतिक वातावरण, जैविक विविधता लगायत अन्य विविध समस्याहरु र तिनका समाधानका लागि सम्वन्धित सरकारी निकायहरु बीच समन्वय, सहकार्य, अनुसन्धान गरिने छ । यसबाट निकालिएको यथार्थ निचोडलाई सरकारका सम्वन्धित निकायहरुमा सुझाव तथा कार्यान्वयनका लागि पहल गर्ने उल्लेख छ ।

यसवाट उद्योग व्यवसाय र उच्च शिक्षा प्रदायक निकाय बीच हुने अन्तर संवाद र सहकार्यले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको अवसर प्राप्त हुने र उद्योग व्यवसायीहरुलाई उच्च शिक्षा प्राप्त गर्दै गरेका युवा विद्यार्थीहरुसँग सहकार्यबाट प्राप्त व्यवहारिक एवं सैद्धान्तिक ज्ञानलाई उर्जाशील र उत्पादकत्व बढाउन अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्