किरात याक्खा छुम्मा विराटनगरको अध्यक्षमा जिमी, सचिबमा पुन:प्रेम देवान

किरात याक्खा छुम्मा विराटनगरको अध्यक्षमा जिमी, सचिबमा पुन:प्रेम देवान

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगरको अध्यक्षमा बिनादेवी जिमी निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट जिमी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि किरात याक्खा छुम्माको नगर अध्यक्ष थिइन् । उपाध्यक्षमा बालकुमारी याक्खा र सचिबमा प्रेम देवान रहेका छन् । देवान आवर विराटनगरका संचारकर्मी पनि हुन् । उनी पनि सचिबमा दोहरिएका हुन् । समितिको सह–सचिबमा सतिश देवान, कोषाध्यक्ष शर्मिला देवान र सह–कोषाध्यक्षमा लिना जिमी रहेका छन् ।


समितिको अन्य सदस्यहरूमा शुशिला थलङ याक्खा, चन्द्र जिमी, रविन याक्खा, बिमल याक्खा, हुविन्द्र लुम्बा, करुणा याक्खा, चन्द्र तुम्वा, इन्द्रमाया याक्खा र नर्वदा याक्खा रहेका छन् ।

यसैगरि समितिको सल्लाहकारहरुमा भुपेन्द्र देवान, एलबी देवान, प्रदिप देवान, चन्दन देवान र मनोहर देवान रहेका छन् ।
किरात याक्खा छुम्मा विराटनगरको अध्यक्ष जिमीले महानगरभित्र रहेका याक्खा सामुदायहरु संगठित भएर आफ्नो हकअधिकारको लागि एक जुट भएर अगाडी बढने बताइन् । यसैबिच छुम्माको हरेक नियमित बैठक तथा छलफल पनि निरन्तर रुपमा अगाडी बढाउदै लैजाने समेत पहिलो बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्