कटहरीको महेशपुरमा आदर्शटोलका श्रेष्ठ मृत फेला

कटहरीको महेशपुरमा आदर्शटोलका श्रेष्ठ मृत फेला

विराटनगर । मोरङ कटहरी गाउँपालिका–१ महेशपुर थानगाछी भन्ने स्थानमा एकजना पुरुष मृत फेला परेका छन् । बिट्टु माझीको खेतमा कटहरी–२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठ मृत फेला परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । अहिले घटनास्थललाई प्रहरीले सुरक्षित गरेर अनुसन्धान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्