जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल गणतन्त्र ः मुख्यमन्त्री राई

जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल गणतन्त्र ः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनु भएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिदैं मुख्यमन्त्री राईले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन गणतन्त्रले ल्याएको धारणा व्यक्त गर्नु भएको हो । ‘

लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । मुलुक गणतन्त्रसँगै संघीय शासन प्रणालीमा रुपान्तरित भएको छ, सन्देशमा भनिएको छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत नेपाली जनताले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेको विचार व्यक्त गर्नुभएको छ । निर्वाचनमा विजयी हुने सबै जनप्रतिनिधिहरूलाई बधाई दिदै कार्यकालको सफलताको शुभकामना पनि मुख्यमन्त्रीको सन्देशमा व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्