विराटनगर पुष्पलालचौकमा ट्रिपर रोके स्थानीयले

विराटनगर पुष्पलालचौकमा ट्रिपर रोके स्थानीयले

विराटनगर । विराटनगर पुष्पलालचौकवासीले निर्माण सामाग्री बोकेर हिड्ने ट्रिपरलाई सडकमा गुड्न रोक लगाएका छन् । खोलाजन्य सामाग्री बोक्ने ट्रिपर तोकिएको रुट विपरित गुड्ने गरेको भन्दै स्थानीयले आइतबार बिहानभर सडकमा रोकेका हुन् ।

पुष्पलालचौकबाट उत्तरतर्फ मोडिएर राजबंशी चौक निस्कनु पर्ने ट्रिपर सोझै ठूलोमिल हुँदै कन्चनबारी, तीनपैनीतर्फ गुड्ने गरेका थिए । स्थानीयले विराटनगर महानगरपालिकाले तोकेको रुटमा मात्रै हिड्नुपर्ने माग गरेका हुन् । मापदण्ड विपरित ट्रिपर गुडाउन नपाउने माग राख्दै उनीहरुले बिहानभर सडकमा रोकेका ट्रिपर ११ बजेपछि छोडिदिएका थिए ।

विराटनगर–३ का वडा अध्यक्ष बासु बस्नेतका अनुसार सोमबार ११ बजे विराटनगर महानगरपालिकामा स्थानीय र ट्रिपर व्यवसायीबीच छलफल गराउने सहमति भएको छ । आइतबार विराटनगर महानगरपालिकाको प्राविधिक टोलिसहितले स्थानीयसँग आग्रह गरेका थिए ।
स्थानीयले पुष्पलालचौक–ठुलो मिल सडकखण्डमा ट्रिपर गुड्न नदिने माग राख्दै आएका छन् । पुष्पलालचौक उत्तरतर्फ मोडिएर राजबंशी चौक निस्कने सडकमा समेत ट्रिपर बन्देज लगाउँदै ढाट लगाइएको छ । विराटनगर महानगरपालिकाले भारवहन क्षमताको हिसाबले पुष्पलालचौक उत्तर हुँदै राजबंशी चौक निस्कने सडकलाई मात्रै ट्रिपर सञ्चालन स्वीकृति दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्