लर्डबुद्ध कलेजमा रक्तश्राव सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न

लर्डबुद्ध कलेजमा रक्तश्राव सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा रक्तश्राव सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समाजमा व्याप्त रहेको रक्तस्राव सम्बन्धी नकारात्मक धारणाहरु चिर्न तथा रक्तस्राव सरसफाई सम्बन्धी सचेतना जोगाउन एक दिने सचेतनामूलक कार्यक्रम शनिबार आयोजना गरिएको थियो । २८ मे  विश्व रक्तस्राव सरसफाई दिवस विश्वव्यापी रुपमा मनाइने भएकाले सोही अवसर पारेर रोटरी क्लब अफ विराटनगर डाउनटाउन, लर्ड बुद्ध कलेज तथा रोट्रयाक क्लबको सयुक्त आयोजन गरी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । लर्डबुद्ध कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा लर्ड बुद्ध कलेज तथा न्युरो हेल्थ कलेजका विद्यार्थी , न्युरो अस्पतालका नर्सहरु सहित ६५ जना किशोरीहरुलाई रक्तस्राव सरसफाइ सम्बन्धी सचेतनागनको साथै रक्तस्राव कपको प्रयोग र उपयोगिता सम्बन्धी जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्टले सहभागीहरुलाई रक्तस्राव कप निः शुल्क वितरण गरेका थिए । साे कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष सन्चिता जैन, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका सर्भिस चेयर गिरिजा शारडा, लर्डबद्ध कलेजका प्रिन्सिपल बिक्रम महर्जन, रोट्रयाक क्लबका अध्यक्ष धिरज शाहलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा लर्डबुद्ध कलेजका डाइरेक्टर राजेश भट्टराईले स्वास्थ्य सम्बन्धी विद्यार्थीहरुलाई सचेत गराउनका लागि  उक्त कार्यक्रम आयोजना गरिएको बताए । कलेजले विभिन्न सचेतना मुलक कार्यक्रममा सदैब सहभागिता जनाउदै आएको र भविष्यमा यस्ता कार्यलाई निरन्तरता दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्