अब ६८ वर्षमै वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने

<span class='c1'>अब ६८ वर्षमै वृद्ध भत्ता, सामाजिक</span> <span class='c2'>सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने</span>

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षबाट ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । यसअघि ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था थियो ।

यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समयमा ६८ वर्ष पुगेका र नेपाली नागरिकता प्राप्त गरेका नागरिकले वृद्धभत्ता प्राप्त गर्ने छन् ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लक्षित वर्गका बालबालिका लगायतलाई दिने सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो ।

त्यसैगरी सरकारले सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने बजेट भाषण मार्फत जानकारी दिईएको छ ।

तस्बिर : केशब गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्