बजेट : मोटरसाइकलमा बढ्यो कर , यस्तो छ नयाँ व्यवस्था

<span class='c1'>बजेट : मोटरसाइकलमा बढ्यो कर</span> <span class='c2'>, यस्तो छ नयाँ व्यवस्था</span>

विराटनगर । नयाँ बजेट अनुसार २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ।

हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो। अब २०० सीसीभन्दा कम सीसीका मोटरसाइकल तथा स्कुटरमा ३० प्रतिशत भन्सार महशुल लाग्ने भएको छ।  २०० सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क पनि बढाएको छ। २०० सीसी देखी २५० सीसी नाघेको मोटरसाइकलमा ८० प्रतिशतले बढेको छ। हाल  २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो।

२५० देअी ५०० सीसीसम्मका ९० प्रतिशत र ५०० सीसी देखी माथिकामा १०० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ।

अहिले २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ। ५०० देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८०० सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्