विराटनगर-१५बाट प्रतिवन्धित लागुऔषध सहित एक जना पक्राउ

<span class='c1'>विराटनगर-१५बाट प्रतिवन्धित लागुऔषध सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ र तेह्रथुमको लालिगुँरास नगरपालिका-२ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन ।

आईतबार बेलुका करिब ६ बजे विराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउदै गरेका इटहरी-६ सुनसरीका २० बर्षीय आस्मिक कार्कीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४२ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

यसै गरी आज बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बसन्तपुर बजारमा शंकास्पद अवस्थामा हिडिरहेका स्थानिय २४ बर्षीय जोसेफ गुरुङले बोकेको झोला चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्