लाइसेन्सको अनलाइन आवेदन आज बेलुकी ६ बजेदेखि खुल्ने

<span class='c1'>लाइसेन्सको अनलाइन आवेदन आज</span> <span class='c2'>बेलुकी ६ बजेदेखि खुल्ने</span>

विराटनगर । यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ ।

विभागले सोमबार एक सुचना जारी गर्दै आज अर्थात जेठ १६ गते बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्सको अनलाइन आवेदन खुलाउने भएको हो ।

सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ । नयाँ लाइसेन्स आवेदन दिनका लागि applydl.dotm.gov.np/login वेबसाईट मार्फत नयाँ आवेदन फारम भर्न सकिने छ।

त्यस्तै वर्ग थप  गराउन चाहनेहरुका लागि अर्को हप्ताको सोमबारबाट खुला गरिने कुरा यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा उल्लेख गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्