विराटनगरमा उद्योगले उत्पादन गरेको पानीको बोतलमा मरेको ‘माकुरा’

विराटनगरमा उद्योगले उत्पादन गरेको पानीको बोतलमा मरेको ‘माकुरा’

प्रेम देवान
विराटनगर । विराटनगरमा च्याउसरी स्थापना गरिएका पानी उद्योगको चरम लापारबाहीका कारण सीलप्याक बोलत भित्रै मरेको माकुरा भेटिएको छ । विराटनगर–१३ मा सञ्चालित रुपसन पानी उद्योगले उत्पादन गरेको ‘आस्वी’ ब्राण्डको पानी भरिएको बोतलमा माकुरा भेटिएको हो ।

सीलप्याक पानीको बोतलमा मरेको माकुरा भेटिएपछि उद्योगको उत्पादनप्रतिको विश्वसनियता त घटेको छ नै मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने गरेको समेत खुलेको छ । नियामक निकायले पटक–पटक नियमन र कारबाही गरपनि फितलो कानुनको सहारामा उद्योगहरुले आफ्नो उत्पादनलाई विश्वसनीय, गुणस्तर र स्वास्थ्यवर्धक बनाउन चाहेको देखिदैन ।

विराटनगर १३ मा रहेको रुपसान प्रशोधित पानी विराटनगर १२ रानीका संजय यादवले खरिद गर्दा मरेको माकुरा भेटिएको थियो । पीउनका लागि पानी किन्दा सीलप्याक बोतल भित्रै माकुरा देखेपछि उनले नियमन निकायसँग गुसानो राखेका थिए ।
विराटनगर १३ भेट्नरी मार्ग भित्र रहेको रुपसान प्रसोधित पानी उद्योगले ‘आस्वी’ ब्राण्डमा बजारमा पठाएको पानीमा कैफियत देखिएपछि यादवले यादवले नियामक निकायलाई फोन गरेर जानकारी गराएका थिए । त्यसपछि उनले आवर विराटनगरलाई समेत खबर गरेका थिए ।
यादवले आईतबार बेलुका आफिस नजिकै रहेको नितुदेवी केस्वरीले संचालन गर्दै आएको चियानस्ता पसलबाट पानी खरिद गरेका थिए । खरिद गरेको पानी पीउन भनेर ल्याएको थिएँ, पीउन लाग्दा बोतल भित्र मरेको माकुरा देखेपछि मैले पानीको बोतल नखोली सुरक्षित राखें, यादवले भने–तत्काल उपभोक्तावादी संस्था पब्लिक फोरमका उत्तम ढुङगेललाई पनि जानकारी गराए ।

रुपसन पानी उद्योगका संचालक प्रविन मण्डलसँग यस विषयमा बुझ्दा उनले आफ्नो उद्योगको पानीमा त्रुटी नभएको दावी गरे । ‘अब यो बोतलमा कसरी माकुरा आयो त्यो त म आफैं अनविज्ञ छु’ सञ्चालक मण्डलले भने–हामीले दैनिकी ३ देखी ४ सय कार्टुन पानी उत्पादन गरेर बजारमा पठाउँदै आएका छौं । उनले पानी भरिएको सीलप्याक बोतलमा माकुरा भेटिनु व्यवसायीक रुपमा कसैले बेइमानी गरेको हुनसक्ने आरोप लगाए । उनले यस विषयको गहिरो अनुसन्धान हुनुपर्ने माग समेत गरेका छन् ।

गुणनियन्त्रक तथा खाद्य प्रविधीले थाल्यो अनुसन्धान
विराटनगर १३ मा रहेको रुपसन प्रसोधित पानी उद्योगबाट उत्पादन गरिएको पानीबारे खाद्य प्रविधीले अनुसान्धान सुरु गरेको छ । पानी खरिद गरेका विराटनगर १२ का संजय यादवले कार्यलयमा गरेको गुनासोसँगै सोमबार नै स्थलगत रुपमा कार्यलयबाट खटिएका खाद्य प्रविधी अनुसन्धान अधिकृत शंकर न्यौपानेसहितको टोलीले गुणस्तर मापन लगायतका काम सुरु गरेको हो ।
बोतल भित्र मरेको माकुरा भेटिएको पानीलाई शिलबन्दी गरी ल्यावमा लगिएको छ । खाद्य प्रविधी अनुसन्धान अधिकृत न्यौपानेका अनुसार पानी नियन्त्रणमा लिएर त्यसको परीक्षणसहित थप उत्पादित पानीको नमूना संकलन र परीक्षण पछि निचोडमा पुगिनेछ ।

आर्थिक बर्ष २०७८\२०७९ मा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय विराटनगरले एउटा पानी उद्योग विरुछ मुद्दा दायर गरेको छ । उपभोग्य म्याद गुज्रेको र अखाद्य पदार्थ भेटिएपनि उत्पादक कम्पनी विरुद्ध मुद्दा दायर गरिएको हो । उपभोक्ताले आधा दर्जन पानी उत्पादन कम्पनी विरुद्ध उजुरी तथा गुनासो गरेका थिए । विराटनगरमा अहिले ६१ वटा भन्दा बढी पानी उद्योग संचलानका लागि घरेलु तथा साना उद्योग कार्यलयमा दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्