विराटनगर । विराटनगर–१ मा बालिकालाई जर्बरजस्ती करणी गरेको आरोपमा एकजना बालक पक्राउ परेका छन् । मोरङ प्रहरीले मंगलबार बालकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको हो ।
बालिकाको स्वास्थ्य परीक्षण बुधबार गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटना बारे थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । प्रेममा बाँधिएका जोडिको सम्बन्ध बारे परिवारले थाहा पाएपछि घटना बाहिर आएको दावी गरिएको छ । तर, पछिल्लो समय बालकका परिवार पक्षले बालिकाका परिवारलाई अनावश्यक दवाव दिदैं आएको बताइन्छ ।