विराटनगरबाट मोटरसाइकल चोरी, रतुवामाईमा दुर्घटना,उपचारपछि प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगरबाट मोटरसाइकल चोरी, रतुवामाईमा</span> <span class='c2'>दुर्घटना,उपचारपछि प्रहरी नियन्त्रणमा</span>

विराटनगर । विराटनगर-७ कोशी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गरेर रतुवामाइ पुगेका एक युवा दुर्घटनामा परेर घाइते भएका छन् ।

गत जेठ १२ गते कोसीबाट को १८ प ७४७३ नम्बरको होण्डा बाइक चोरी गरेर रतुवामाइ पुगेका युवा दुर्घटनामा परेका हुन् । विराटनगर-८ का विरेन्द्र मुखिया रतुवामाइ नगरपालिका-५ चटपटे चौकमा दुर्घटनामा परेर घाइते भएपछि उपचारका लागि अस्पताल भर्ना हुदाँ पक्राउ परेका छन् । दुर्घटनापछि उपचारका लागि गोल्डेन अस्पताल विराटनगरमा भर्ना भएका मुखियालाइ प्रहरीले जेठ १६ गते पक्राउ गरेर चोरी कसुरमा जेठ १७ पाँच दिनको म्याद थप गरेको छ । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठ का अनुसार दुर्घटनामा परेको व्यक्तिको मोटरसाइकल चोरी भएको लिष्टमा देखिएपछि मुखियासँग सोधपुछ गर्दा घटना स्वीकार गरेका थिए । मुखिया सवार मोटरसाइकल ट्याक्टरमा ठोकिएको थियो । उनको टाउको, अनुहारलगायतमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्