विराटनगर । आवर विराटनगर डटनेटले विराटनगर महानगरभित्रका समयसामयिक बिषयवस्तुमा अनलाईन सर्वे गर्दै आएको छ ।
अनलाईन सर्वेले महानगरसँग सम्बन्धित विकास योजना अन्य क्षेत्रगत बिषयवस्तुमा आम नगरबासीको धारणा बुझ्न सहयोग पुर्याउँदै आएको छ । यसले निर्वाचित जनप्रतिनिधी र सम्बन्धित निकायलाई समेत नगरबासीको मतको आधारमा आवश्यक निर्णय लिन सहयोग पुग्दै आएको छ । सधैं झैं यसपटकको ओबी सर्वेमा हामीले ‘विराटनगरको हिमालय रोडलाई ब्युटिफिकेशन सहित नो भेईकल जोन बनाउन थालिएको बिषयप्रति तपाईको धारणा के छ ?’ भनी प्रश्न गरेका थियौं । ओबीले गरेको उक्त सर्वेमा विराटनगरका ४ हजार ६०६ जनाले नगरबासीले मतदान गरेका छन् ।
बुधबार साँझसम्म प्राप्त परिणाम अनुसार ५६ प्रतिशत अर्थात् २ हजार ५९६ जनाले महानगरको उक्त योजनाको समर्थन गरेका छन् । उनीहरुले राम्रो योजनाको पक्षमा मतदान गरेका छन् । यस्तै, प्राप्त परिणाम अनुसार महानगरको उक्त योजनाका लागि गलत स्थान छनौट भएको पक्षमा १ हजार ७५१ अर्थात् ३८ प्रतिशतले मतदान गरेका छन् । नराम्रो योजनाको विकल्पमा भने ६ प्रतिशत अर्थात् २५९ जनाले मतदान गरेका छन् ।
ओबी सर्वेमा भने यसअघि हामीले विराटनगरका हाटबजार गर्ने महानगरको निर्णय तपाईहरुलाई कस्तो लाग्यो भनी प्रश्न गरेका थियौं ।