विराट व्यापार संघद्धारा नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान

<span class='c1'>विराट व्यापार संघद्धारा नव</span> <span class='c2'>निर्वाचित जनप्रतिनिधीलाई सम्मान</span>

विराटनगर । विराट व्यापार संघले विराटनगर महानगरपालीकाका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान तथा स्वागत गरेको छ ।

संघले एक कार्यक्रमको आयोजना गरी भर्खरै नव निर्वाचित महानगरका मेयर तथा उपमेयर लगायत १९ वटै वडाका जनप्रतिनीलाई सम्मान गरेको हो । सम्मान कार्याक्रममा संघका अध्यक्ष नरेश खत्रीले विराटनगरको पुरानो साख फर्काउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । खत्रीले नेपालको दोस्रो ठुलो सहर तथा औद्योगिक केन्द्र अहिले छैटौँ स्थानमा पुगेको बताए ।

बिगतको साख फर्काउन उनले निर्वाचित जनप्रतिनिधिहरुलाई उनले आग्रह गरे । राजनीतिक केन्द्रसँगै औद्योगिक केन्द्रको रूपमा परिचित विराटनगरलाई अन्य साना सहरले जित्नु दुःखको कुरा भएको उनले सुनाए ।

कार्यक्रममा बोल्दै विराट व्यापार संघका पूर्व अध्यक्षद्वय शिव रिजाल र यादव पोखरेलले महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । महानगरका सडक सौन्दर्यको रूपमा देखाउन सक्नुपर्ने बताउँदै बाहिरबाट आउनेले पनि सडक त विराटनगरको जस्तो होस् भन्ने अनुभूति गराउनुपर्ने बताए । सरसफाइदेखि लिएर सधैँ सडक सफा देखाउन ट्राफिक व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले व्यवसायीले उठाएका सबै समस्या जनप्रतिनिधिलगायत महानगरवासीको साझा समस्या रहेको बताए । विराटनगरको फोहोर मैला व्यवस्थापन, डुबानको समस्या, औद्योगिक क्षेत्रको समस्या सबैको साझा भएको बताउँदै उनले यी समस्या समान गर्न पनि सबै एक भएर लाग्नुपर्ने बताए । जनताको समस्या समाधान गर्नका लागि नै आफूहरू आएको बताउँदै कोइरालाले महानगरको सबै समस्यालाई सम्बन्धित विज्ञहरूसँगको परामर्श लिएर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्