विराटनगरमा २५ प्रतिशतले बढ्यो पानीको जारमा मूल्य

विराटनगरमा २५ प्रतिशतले बढ्यो पानीको जारमा मूल्य

विराटनगर । कच्चा पर्दाथ र इन्धनको मूल्यवृद्धि भएपछि प्रशोधित पीउने पानीमा २५ प्रतिशतले मूल्य बृद्धि भएको छ । प्रशोधित पीउने पानी उत्पादक र प्रशोधित पानी उत्पादक महासघ प्रदेश नम्बर १ ले शुक्रबारबाट लागु हुनेगरी जारमा २५ प्रतिशतले मुल्य बृद्धि गरेको हो ।

यस अघि ५० देखी ६० रुपैँयामा एक जार पानीको मूल्य पर्दै आएको थियो । अब नयाँ वृद्धि भएको मूल्य अनुसार ७० देखी ८० रुपँैयामा प्रशोधित पानी पाईने छ । पानी प्रशोधित तथा उत्पादक महासंघ प्रदेश नम्बर १ का अध्यक्ष पुन्य भट्टराईका अनुसार बजारमा सबै बस्तुको मूल्य वृद्धि भएको छ ।

प्याकेजिङ गर्ने प्लाष्टिकका सामाग्रीमा ४० प्रतिशत मूल्य वृद्धि भएपछि पानीको जारमा पनि २५ प्रतिशतले मूल्य वृद्धि भएको हो । त्यस बाहेक इन्धनमा मूल्य बृद्धि भएपछि ढुवानी महंगो भएको छ । पानी ढुवानीमा लागत बढ्ने भएपनि पानीको मूल्यमा बृद्धि गर्नु परेको हो । प्रशोधित पीउने पानीको एक लिटरको बोतलको फ्याक्ट्री मूल्य १५ रुपैयाँ रहेको छ भने बजारमा २० देखी २५ रुपैया नै कायम हुनेछ । २० लिटरको एक जार पिउने पानीको मूल्य भने १० देखी २० रुपँैया बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्