विराटनगरमा पहिलोपटक मेडिकल र इन्जिनियरिङको पूर्वतयारी कक्षा हुने

विराटनगरमा पहिलोपटक मेडिकल र इन्जिनियरिङको पूर्वतयारी कक्षा हुने

विराटनगर । पुर्वमै पहिलोपटक मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरु विराटनगरमा सञ्चालन हुने भएका छन् ।

भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि आगामी असार १ गतेदेखि विराटनगर–९ जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा उक्त कक्षाहरु सुरु हुने भएका हुन् । मेडिकल तथा पारामेडिकल तर्फ एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, बिए एसएलपी, बी पफ्र्युजन टेक्नोलोजी, बिएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मेसी, बिएएमएस, बिएनएस, बी अप्टोमेट्री, बिपीटी र बिपीएच गरी दर्जन बढी बिषयका कक्षाहरु सञ्चालनको तयारी रहेको एचिभर्स कन्सल्टिङले जनाएको छ । एचिभर्सका अनुसार इन्जिनियरिङतर्फ पनि बिई, बी आर्क र बिएस्सी सिएसआईटी लगायतका बिषयको तयारी कक्षाहरु हुने चरणमा छन् ।

प्लस टु पश्चात मेडिकल र इन्जिनियरिङको पूर्व तयारीका लागि राजधानी नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न विराटनगरमा उक्त बिषयको तयारी कक्षाहरु सुरु गर्न लागिएको एचिभर्स कन्सल्टिङ सर्भिसेसका प्रबन्ध निर्देशक सुनिल जायसवालले बताए । उनले बिषयगत दक्ष तथा अनुभवी शिक्षकहरुको उपस्थितिमा इन्ट्रान्सको तयारी अब विराटनगरमै सम्भव हुने जानकारी दिए ।

असार १ गतेदेखि सुरु हुने तयारी कक्षाका लागि एचिभर्र्सले हाल आवेदन खुलाईसकेको छ । सुरुवाती चरणमा दुवै बिषयमा १००/१०० जना विद्यार्थीहरु भर्ना लिने एचिभर्सको तयारी छ । एचिभर्सका अनुसार ३ महिने कोर्ष रहेको उक्त दुई बिषयको पूर्वतयारी कक्षा पनि मात्र रु. १५ हजारमा प्रदान गरिने छ ।

एचिभर्सले भने कक्षा १२ मा राम्रो अङ्क सहित उत्तीर्ण हुने विद्यार्थीहरुका लागि आफ्नो भर्ना शूल्क परीक्षामा प्राप्त नतिजाको आधारमा छात्रवृत्तिको व्यवस्था समेत मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्