एकसातापछिदेखि विराटनगर–पोखरा उडान भर्दै बुद्धएयर

एकसातापछिदेखि विराटनगर–पोखरा उडान भर्दै बुद्धएयर

विराटनगर । बुद्ध एयरले एकसातापछिबाट विराटनगर–पोखराको उडान सुरु गर्ने भएको छ । पोखरा बेस बनाएर बुद्धले प्रदेश १ र गण्डकी प्रदेश उडान आगामी जुन १० तारिखदेखि सुरु गर्ने भएको हो ।

बुद्ध एयर विराटनगरका स्टेशन मेनेन्जर कौशल भण्डारीका अनुसार बुद्धको ७२ सिटे एटीआर जहाजले उडान भर्नेछ । दिउँसो १ः५५ बजेको सेड्युल उडानमा यात्रुहरु विराटनगर–पोखरा गर्न पाउने सुविधा थप गरिएको हो ।

विराटनगर पोखराका लागि बुद्धले ६ हजार भन्दा केहि बढीको फेयर तोकेको छ । बुद्ध एयरले भैरहवा समेत उडान गर्ने योजना राखेको छ । तर, अहिले नै सेड्युलमा राखिएको छैन । यात्रुको माग भए भैरहवा उडान भर्ने योजना रहेको छ । तर, अहिले नै विराटनगर–भैरहवा उडानका लागि यात्रुको खासै माग छैन, भण्डारीले भन्नुभयो–हामीले भैरहवाको उडानका लागि आफ्नोतर्फबाट सूचना जारी गरेका छौं, त्यसका आधारमा यात्रुले माग गरेमा उडान भर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्