विराटनगर महानगरको कार्यपालिकामा एमाले बहुमतमा, आफ्नै अन्तर्घातमा फस्यो कांग्रेस

विराटनगर महानगरको कार्यपालिकामा एमाले बहुमतमा, आफ्नै अन्तर्घातमा फस्यो कांग्रेस

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा आफ्नै अन्तर्घातमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ ।

कार्यपालिका निर्वाचनका लागि ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्रका उम्मेद्वारहरु निर्वाचित भएका हुन् ।

विराटनगरमा जसपासँग गठबन्धन गर्दा बहुमतमा रहेको कांग्रेसका सबै उम्मेदवार पराजित भएका हुन् । कांग्रेस नेता डा. शेखर अनुदार हुँदा कार्यपालिकामा आफ्नै अन्तर्घातमा कांग्रेस फसेको हो । महानगरमा एमालेले उपमेयरसहित ४३ र काँग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।

शनिबार भएको कार्यपालिका चुनावमा कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत थियो । कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा कांग्रेस र जसपाका सबै उम्मेदवार पराजित भएका छन्।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत लाएर विजयी भएका छ्न् । अल्पसंख्यकमा कांग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरि पराजित भएका छन् ।

महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका पराजित उम्मेदवारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाएका थिए ।

गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ । मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् । कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्