ओकिनावा ब्राण्डको विद्युतीय स्कुटी सोरुम विराटनगरमा

ओकिनावा ब्राण्डको विद्युतीय स्कुटी सोरुम विराटनगरमा

विराटनगर । पेट्रोलियम पदार्थको मुल्य दिनप्रति बढ्दै गएपछि त्यसको विकल्पमा व्याट्री जडित विद्युतीय स्कुटी बजारमा ल्याइएको छ ।

नेपाल ग्रीन ड्राईभ मोटर्स प्रा.लि. विराटनगरले शुक्रबार देखी यसको शाखा विस्तार गर्दै सोरुम नै संचालनमा ल्याएको छ ।

जापानमा निर्मित ओकिनावा ब्राण्डको विद्युतीय स्कुटीको सोरुम नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु र संचालकदय रोहित अग्रवाल र पंकज अग्रवालले रिवन काटेर उद्घाटन गरेका थिए ।

जापानमा निर्माण भएर भारतमा एसेम्बल गरिएको ओकिनावा ब्राण्डको विद्युतीय स्कुटी ६ वटा मोडल रहेको सोरुमका संचालक रोहित अग्रवालले जानकारी दिए । स्कुटीको व्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ६० देखि डेढ सय किलोमिटरसम्म स्कुटी चलाउन सकिने अग्रावालले बताए ।

स्कुटीको मुल्य रु.१ लाख ७० हजार देखि साढे तीन लाख सम्म खरिद गर्न सकिने नेपाल ग्रीन ड्राईभ मोटर्स प्रा.लि.विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्