ओवी अपडेट समाचार : डाक्टरको गाडीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु

ओवी अपडेट समाचार : डाक्टरको गाडीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु

विराटनगर । विराटनगर–१३ रानी विराटनगर आँखा अस्पतालका चिकित्सकको सवारीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको छ ।

विराटनगर आँखा अस्पतालका चिकित्सक निष्ठा श्रेष्ठ चढेको बाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड ४५ बर्षिय गुणप्रसाद लुईटेललाई ठक्कर दिएको थियो ।

शनिबार विहान पौने १० बजे अस्पतालमा कार्यरत निष्ठा श्रेष्ठलाई अस्पताल पुर्याउने क्रममा अस्पताल भित्र प्रवेश गरेको गाडीले गेटमा ठक्कर दिएको थियो । ठक्करबाट गेट उछिटिएको थियो । त्यही गेटले थिचेर सुरक्षा गार्ड लुइटेल गम्भिर घाईते भएका थिए ।

फलामको गेटले टाउकोमा गम्भीर चोट लागेका लुईटेललाई तत्काल ठक्कर दिएको कारमा नै न्युरो अस्पताल लगिएको थियो । उपचारको क्रममा केही समय अगाडी मृत्यु भएको अस्पतालले जनाएको छ । गाडी चिकित्सकका श्रीमान् दिवेश साहले चलाएको प्रहरीले जनाएको छ ।

सवारी र चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । चालक पर्सा ८ का ३४ वर्षिय दिवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धानको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्