विराटनगर । विराटनगर– १३ मा अवस्थित पुर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलमा नाटक प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली कला र रंगमञ्चमा विद्यार्थीहरूलाई अब्बल बनाउने उद्देश्यले कथा लेखन कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा ग्रिन हाउस समुहले प्रस्तुत गरेका नाटक ‘महिला हिंसा’ प्रथम भएको थियो । यस्तै ब्लु हाउस समुहले प्रस्तुत गरेको नाटक ‘साथीको महत्व’ दोस्रो, एलो हाउस समुहले प्रस्तुत गरेको नाटक ‘उज्वल भविष्य’ तृतीय र रेड हाउस समुहले प्रस्तुत गरेको नाटक ‘छोरी र दाईजो’ सान्त्वना भएको थियो ।
प्रतियोगितामा रंगकर्मी तथा पत्रकार कटवाल दीपक निर्णायको भूमिकामा रहेका थिए । पुर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलले यसअघि पनि कथा, नृत्य, हस्त लेखन र चित्रकला प्रतियोगिता सम्पन्न गरिसकेको स्कुलमा प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।