विराटनगरमा विश्वव्यापार सहजीकरण सम्बन्धित तालिम तथा प्रशिक्षण

विराटनगरमा विश्वव्यापार सहजीकरण सम्बन्धित तालिम तथा प्रशिक्षण

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपालउद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को साझेदारीमा विश्वव्यापार संगठन व्यापार सहजीकरण सम्झौताका विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । डब्लुटिओको व्यापार सहजीकरणका विषयमा तालिम सुरु भएको हो ।

 

सम्झौता–जुन सन् २०१७ फेब्रुअरीमा लागू भएको थियो । त्यसले व्यापारमा हुने प्रशासनिक बाधाहरु प्रतिलक्षित भई व्यापारमा अझ धेरै दक्षता ल्याउने बाचा गरेको छ । सीमा नाकामा अनावश्यक अनुगमन, कागजी र डेटा प्रीक्रया म्यानुअल प्रक्रियामा समन्वयको अभाव, जटिल र अप्रभावकारी नियम र प्रक्रिया छन् । यी सबै समस्याहरुले व्यापारमा सामानको ढुवानीमा ढिलाइ हुनुको साथै व्यपार खर्च पनि बढाउँछ, जुन खर्च अक्सर उपभोक्ताहरुमा पर्न जान्छ ।

व्यापार व्यवसायहरुको लागि, व्यापार सहजीकरण सम्झौताको सञ्चालन नै व्यापार अन्तर्राष्ट्रियकरण गर्ने बाटो भएकोले त्यसलाई कसरी सरलिकृत गर्ने भन्ने विषयमा प्रशिक्षण तथा तालिमको आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले शनिबार गर्नु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा मन्त्री बडुले प्रशिक्षणले व्यापार व्यवसायमा रहेका समस्याहरुको पहिचान र तिनीहरुको समाधान गरी देशको आर्थिक सम्वृद्मा सहयोग पुग्ने विचार व्यक्तगर्नु भयो ।

कार्यक्रमा प्रदेश नं १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेन्द्र राउतले विराटनगर यस क्षेत्रको मूख्य व्यापारीक शहर भएकोले प्रशिक्षण जरुरी रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरु लाभान्वित हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्