प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्छ : अध्यक्ष थापा

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्छ : अध्यक्ष थापा

विराटनगर । विराटनगर र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताएका छन् ।

विराटनगरमा आज आयोजना गरिएको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताएका हुन् ।

प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रियपति हुनुपर्ने एजेन्डालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमार्फत जनता माझ लग्ने पनि उनले बताए ।

उनले धर्म निरेपक्ष खारेज गरि धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट बनाउनुपर्ने बताए । ‘धर्म परिवर्तनको ढडेलोबाट देशलाई बचाउनु पर्नेछ । स्वच्छ मनले धर्म परिवर्तन हुने गरेको छैन,’ उनले भने, ‘सामाजिक विभेद, छुवाछूत र अन्धबिश्वाको कारण अहिले जंगलमा ढडेलो लागेजस्तो गरि धर्म परिवर्तन भइरहेको छ ।’

यस्था प्रथा अन्त्य गरिनुपर्ने उनले बताए । अध्यक्ष थापाले आगामी भदौ महिनामा धर्मनिरपेक्ष खारेजी गरि हिन्दु राज्य पुनःस्र्थापनाको लागि जागरण अभियान राप्रपा नेपालले सुरु गर्ने जानकारी गराए ।

अध्यक्ष थापाले राजसंस्था पुनःस्थापन हुने खेल समाप्त भइसकेको बताए । ‘जनतालाई अब भुलभुलियामा पार्नु हुदैन,’ उनले भने, ‘एक बेलामा हामी राजसंस्था पुनःस्थापनाको लागि टाउँकोमा कपन बाधेर हिडियो । तर राजाको तर्फबाट कुनै सकारात्मक भुमिका भएन । त्यही भएर अब राजसंस्था पुनः स्थापना हुनै सक्दैन ।’ असम्भव एजेन्डा बोलेर अब कोही नहिडने उनले बताए । जनताको भावना अनुसार लोकतान्त्रिक रूपमा अगाडि बढाउनु पर्ने उनले बताए ।

अध्यक्ष थापाले नेपालमा बढ्दो बेरोजगारी समस्या, भ्रष्टाचार र कुशासनविरुद्ध राप्रपा नेपाललाई वैकल्पिक शक्तिका रुपमा उभ्याउने पनि जिकिर गरे । उनले राप्रपा नेपाललाई प्रमुख राजनीतिमा शक्तिमा रुपमा स्थापित गराएरै छाड्ने दृढतासति आफू अघि बढेको पनि बताएका छन् ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्