रतुवामाईमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाईते

रतुवामाईमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाईते

विराटनगर । मोरङको रतुवामाई नगरपालिका १ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सुनवर्सी नगरपालिका ९ का २४ बर्षीय राज कुमार शर्माको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० बर्षीय किसन कुमार कामत सामान्य घाईते भएका छन् ।

आईतबार बेलुका करिब ५:३० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे.४ प. ४५५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएका शर्माको रंगेली अस्पताल रंगेलीमा आईतबार बेलुका सँवा ६ बजे मृत्यु भएको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्