विश्व वातावरण दिवसको अवसर विराटनगरमा साईकल र्‍याली,वृक्षारोपण र सरसफाई

विश्व वातावरण दिवसको अवसर विराटनगरमा साईकल र्‍याली,वृक्षारोपण र सरसफाई

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा आइतबार विराटनगरमा साइकल र्‍याली, सरसफाइ र वृक्षारोपण गरिएको छ ।

प्रदेश-१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाईरोमेन्ट सोसाइटीलगायतका संस्थाहरुसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साईकल र्‍याली,वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको हो ।

विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको साइकल र्‍याली शनिमन्दिर, बिजुली अफिस, मुनापथ,सोमबारेहाट हुँदै महानगरपालिका परिसरमा पुगेर समापन भएको थियोे । साईकल र्‍यालीको विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले शुभारम्भ गरेका थिए । मुनालपथमा सरसफाइ गरिएको थियो भने विराटनगर-२ को सोमबारे हाटमा वृक्षारोपण गरिएको छ ।

सो अवसरमा मेयर कोईरालासहित उपमेयर शिल्पा निराला कर्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत,विराटनगर-२ का वडाध्यक्ष कुमार पोखरेललगायतले वृक्षारोपण गरेका थिए ।

साईकल र्‍यालीको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोईरालाले विराटनगरमा साईकल लेनको आवश्यक भए पनि स्थान अभाव रहेको बताए ।

हाल सञ्चालनमा रहेका सडकमा साईकल लेन बनाउँदा सडक साँघुरो हुने बताउदैँ उनले अन्य विकल्प खोज्नु पर्नेमा जोडदिए ।

सन् २०५० सम्ममा खनिज इन्धनमुक्त भविष्य भन्ने नाराका साथ साईकल र्‍याली आयोजना गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्