१ करोड ४० लाखको लागतमा विराटनगरमा हेभ्भी ड्राइभिङ स्कुल संचालनमा

१ करोड ४० लाखको लागतमा विराटनगरमा हेभ्भी ड्राइभिङ स्कुल संचालनमा

विराटनगर । सवारी साधन चलाउन सिक्न चाहानेहरुको लागी विराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा स्थित “श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल” संचालनमा आएको छ ।

नेपालकै सबैभन्दा ठूलो दावी गरिएको ड्राइभिंग स्कुल सोमबारबाट औपचारिक रुपमा संचालनमा आएको हो । नेपाल हेभ्भी ड्राइभिङ स्कुलको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले उद्घाटन गरेका थिए ।

उदघाटन कार्यक्रममा ड्राइभिंङ स्कुल संघका पदाधीकारी, जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरगंका प्रमुख राजकुमार कार्की, वडा नम्बर ४ का वडा अध्यक्ष जितेन्द्र थापा लगायतले ड्राइभिंग स्कुलको अवलोकन समेत गरेका थिए ।
झन्डै १ करोड ४० लाखको लागतमा संचालनमा आएको ड्राइभिंङ स्कुल १ बिगहा १४ कठ्ठा क्षेत्रफल रहेको संचालक सुमन मङग्रान्तीले बताए । ड्राइभिंङ स्कुल नेपालकै सबै भन्दा ठुलो रहेको समेत उनले दावी गरे ।

ड्राइभिंङ स्कुलबाट सेवाग्राहीले स्कुटर , मोटसाईकल, लाईट गाडी, ट्याक्टर, हेभ्भी गाडी सम्बन्धी सम्पुर्ण सेवा एउटै ठाउँबाट लिन सकिने समेत जनाइएको छ । ड्राइभिंङ स्कुलमा सेवाग्रहीले दैनिक घण्टा , महिना र पुरा कोर्ष गरी तिन प्रकारको सेवा लिन सकिने अर्का संचालक शिव श्रेष्ठले बताए । मोटरसाईकल घन्टाको ५ सय , १ महिनाको ४५ सय र पुरा कोर्षको १० हजार शुल्क लाग्ने संचालक श्रेष्ठले जानकारी दिए ।

सुनसरीको ईटहरी र मोरगंको सुन्दरहरैचामा सफलता पुर्वक संचालनमा रहेको यस ड्राइभिंङ स्कुलको विराटनगर तेस्रो शाखा हो । सुरुमा आउने सेवाग्राहीलाई १५ प्रतिशत सम्म छुट दिएको ड्राइभिंग स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्