मारवाडी युवा संगठन मोरङद्धारा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

मारवाडी युवा संगठन मोरङद्धारा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा (एमाले) निकट नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङले सम्मान गरेको छ ।

विराटनगरमा आइतबार बेलुका एक कार्यक्रमको आयोजना गर्दै गएको वैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित महानगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । विराटनगरको उपमेयरमा एमालेबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्की, ९ वडाका वडाध्यक्ष र ३३ जना वडा सदस्य सहित भर्खरै सम्पन्न कार्यपालिकाको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङका अध्यक्ष अरुण राठीसहित संगठनमा आवद्ध पदाधिकारी र सदस्यहरुले जनप्रतिनिधिहरुलाई बधाई दिँदै खादा माला लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष राठीले नेपालमा सरकारले रोजगारी सृजनाका लागि काम नगरेकोले प्रत्येक वर्ष छ लाख भन्दा बढी यूवा विदेसिनु परिरहेको बताउदै यसले जनतामा चरम निराशा रहेको बताउनुभयो । यसका लागि सरकारले योजना बनाएर व्यवसायिक तालिम , उत्पादनमूलक योजना र विभिन्न उद्योग व्यवसायसँग सहकार्य गरि सिप सिकाउने व्यवस्था गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गुरु बरालले उद्योग व्यवसायका क्षेत्रमा अब्बल मारवाडी समुदाय राजनीतिमा समेत सकृय सहभागिता जनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय सदस्य तथा आर्थिक विभाग प्रमुख मोतीलाल दुगडले कांग्रेसलगायत अन्य पार्टीले मारवाडी समुदायलाई भोट बैंक र आर्थिक लाभका लागि मात्र प्रयोग गर्दै आएको बताउँदै एमालेले मात्र सो समुदायलाई सम्मान दिएको दावी गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्य खेम नेपाली, मोरङ उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडालगायत मारवाडी समुदायका अगुवाहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्