असार १ गतेदेखि आइतबारको बिदा खारेज

असार १ गतेदेखि आइतबारको बिदा खारेज

काठमाडौं । जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो ।

यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्