झी पुचः मा नेपालकै दोस्रो ठूलो काल भैरवको मूर्ती अनावरण

झी पुचः मा नेपालकै दोस्रो ठूलो काल भैरवको मूर्ती अनावरण

विराटनगर । विराटनगरस्थित झी पुच : नेपाल भाषा तथा सांस्कृतिक संघको प्रांगणमा पूर्ण कदको काल भैरवको मूर्ती अनावरण गरिएको छ ।

झी पुच:मा मंगलबार बिहान पुजाआजा गरेपछि काल भैरवको मूर्ती विराटनगर महानगरपालिका पुर्व मेयर भिम पराजुलीले अनावरण गरेका हुन् ।

काल भरैवको मूर्ती नेपालको दोस्रो र प्रदेश १ काे पहिलो भएको झी पुच: ले दाबी गरिएको छ । १२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको काल भैरवको मूर्ती ११ फिट अग्गो रहेको झी पुचका अध्यक्ष हरि बहादुर श्रेष्ठले जानकारी दिए । उक्त मूर्ती भद्रपुरबाट आएका मूर्तीकार सन्देश श्रेष्ठले निर्माण गरेका थिए ।

यसैगरि झी पुचः मा नेवारी कलात्मक स्वागत द्धार पनि निर्माण हुने भएको छ । चार महिनामा निर्माण पुरा हुने गरि मंगलबार नेवारी कलात्मक स्वागत द्धारको पनि शिलन्यास गरिएको छ । झी पुच : मा निर्माण हुने नेवारी कलात्मक स्वागत द्धार २० लाख लागतमा निर्माण हुन लागेको हो । स्वागत द्धार निर्माणमा लाग्ने खर्च समाजसेवी सुर्दशन बहादुर श्रेष्ठ र गोपाल श्रेष्ठले आफ्नो बुवाको नाममा निर्माण गरिदिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्