शैलजा आचार्य स्मृति पोलिटेक्निकद्वारा नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना

शैलजा आचार्य स्मृति पोलिटेक्निकद्वारा नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना

विराटनगर । शैलजा आचार्य स्मृति पोलिटेक्निकले मोरङका विभिन्न स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी स्मृति पोलिटेक्निकले जहदा, कटहरी र धनपालथान गाउँपालिकाका जनप्रतिनिधीहरुलाई सफल कार्यकालको शुभकामना प्रदान गरेको हो । गएको बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्र्तगत मोरङको जहदामा जितेन्द्र प्रसाद साह र हन्ना सोरेन, कटहरीमा देवराज चौधरी र सीता देवी राजवंशी तथा धनपालथानमा जिवछ प्रसाद गच्छदार र नसिमा बानु गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको रुपमा निर्वाचित भएका थिए । सोमबार उनीहरुलाई नै बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले शैलजा आचार्य स्मृति पोलिटेक्निकका विद्यार्थीहरुलाई प्रविधिक शिक्षासँग जोड्न आफुहरुले आवश्यक सहयोग गर्ने बताए । बजेट मार्फत् विद्यार्थीहरुको माग सम्बोधन आफुहरु सदैव तत्पर रहेको उनीहरुले जानकारी दिए ।

कार्यक्रममा भने पोलिटेक्निकका अध्यक्ष मिता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो, विकास पराजुली र जवाहरलाल मण्डल सहित अन्य कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्