विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा स्थानान्तरण

विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा स्थानान्तरण

विराटनगर । विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा वडा नं. ६ स्थित एनसेल सेन्टरमाथि स्थानान्तरण भएको छ ।

यसअघि वडा नं. ७ स्थित सत्यनारायण स्कुल छेउमा सञ्चालन हुँदै आएको बैंकको शाखा नयाँ भवनमा सरेको हो । करिब १० वर्षदेखि सो स्थानमा सञ्चालन हुँदै आएको बैंक सहजताका हिसाबले नयाँ भवनमा सारिएको जनाईएको छ । मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बैंकको नयाँ स्थानान्तरित शाखा सञ्चालनमा ल्याईएको छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र बैंकको सञ्चालक सुष्मा शर्मा वस्तीले संयुक्त रुपमा रिवन काटेर बैंकको उद्घाटन गरेका छन् ।

२०६२ सालमा स्थापित एक्सेल बैंकको उक्त शाखाले निक्षेप योजना मार्फत ग्राहकहरुको रकम जम्मा गर्नुका साथै आवश्यकता अनुसार आवास, सवारीसाधन, व्यक्तिगत र व्यापारिक लगायतका विभिन्न किसिमका कर्जा सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकले मोबाईल र इन्टरनेट बैकिङ्ग सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।

करिब १० अर्ब ५८ करोड लगानी कर्जा रहेको बैंकको निक्षेप संकलन भने ११ अर्ब २७ करोड रहेको जनाईएको छ । झापाको बिर्तामोड केन्द्रिय कार्यालय रहेको बैंकको प्रदेशभरि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथरमा गरी कुल ४३ शाखा सञ्चालनमा छन् । मोरङमा मात्रै बैंकको ८ वटा शाखा सञ्चालनमा छ भने महिनादिन भित्रमै पथरीमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ ।

मङ्गलबार आयोजित कार्यक्रममा भने एक्सेल डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की, प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेल, कम्पनी सचिव श्याम बहादुर बोहोरा, संस्थापक शेयरधनी डा. रुपक प्रसाद खनाल र उद्योगी श्याम प्रसाद पौडेल लगायत बैंकका अन्य कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्