विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको ‘द स्कुल व्वाइ’ नाटक मञ्चन

<span class='c1'>विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको</span> <span class='c2'>‘द स्कुल व्वाइ’ नाटक मञ्चन</span>

विराटनगर ।  विराटनगरको आरोहण गुरुकुलमा जेठ २० गते शुक्रबारदेखि 'द स्कुल व्वाइ' नाटक मञ्चन शुरु भएको छ । जेठ ३० गते सोमबारसम्म नियमित रूपमा साँझ ५:३० बजेदेखि बालमनोविज्ञानमा आधारित 'द स्कुल व्वाइ' नाटक मञ्चन भइरहेको छ ।

विलियम ब्लेकको कविता ‘द स्कुल व्वाइ’मा आधारित रहि त्यसलाई नेपालीकरण तथा सुधारीकरण गरेर प्रस्तुत गरिने नाटकले शिक्षालाई व्यवसाय मात्र नभएर यसले हरेक बच्चालाई देख्न, सुन्न, हेर्न प्रेरित गर्नुपर्ने उनिहरुको फरक व्यवहारलाई फरक तरिकाले समाधान गर्नेपर्ने र घरमा समेत बच्चालाई स्वतस्फुर्त फक्रने वातावरण सिर्जना गर्नुपर्ने कुरालाई जोड दिएको छ।विधालयका शिक्षकहरु, सामाजिक अभियन्ताहरु, पत्रकारहरु र अन्य सरोकारवालाको उपस्थितीमा गएको जेष्ठ १५ गते देखाईएको नाटकको पूर्वाभ्यासको मञ्चन आरोहण, गुरुकुलले प्रतिक्रियाको लागि गरेको थियो, सो पूर्वाभ्यास हेरिसकेपछि ति ब्रिटिश कवि र उनको कृतिबारे खोज्न थालेँ ।

‘द स्कुल व्वाइ’विलियम ब्लेकको सबैभन्दा प्रसिद्ध कविताहरू मध्ये एक होइन। यद्यपि उनका धेरै कविताहरू बालबालिकामा केन्द्रित रहेछन्, ‘द स्कुल व्वाइ’को विश्लेषणले ब्लेकको कामका केही मुख्य पक्षहरूलाई स्पष्ट पार्न मद्दत गर्न सक्छ।यस कविताको वक्ता, एक स्कूल केटा हो। उसलाई मन नपर्ने कुरा भनेको स्कुल जानु नै हो । कठोर शिक्षकको'क्रूर आँखा'ले स्कूलको वातावरणलाई रमाइलो अनुभव मात्र बनाउँछ। केटाहरू सबै दु:खी भएर बस्छन्, र स्कूलका वक्ता आफ्नो कुर्सीमा निहुरिएर बस्छन् ।

त्यसपछि स्कुले केटाले दिनभर स्कूलमा बस्ने गरिब स्कूली बच्चाको जीवनलाई खोरमा रहेको चरासँग तुलना गर्छ।माया र स्नेहको विपरीत, यो पिंजरामा बन्द चराले गाउन सक्दैन, न त आनन्दित स्कूलमा कैदमा परेका स्कूलका विद्यार्थीहरूले यस्तो अनुभवको आनन्द लिन सक्छन्। विद्यालयजस्तो अप्रत्याशित वातावरणमा केटाकेटीलाई राखियो भने कसरी ठूलो वयस्क बन्ने आशा गर्न सकिन्छ भनेर आफ्ना आमाबाबुलाई सोधेर विद्यालयका विद्यार्थीले कविताको अन्त्य गर्छ। यस्तो अवस्थामा रहेको वसन्तको दिनसम्भाव्यताको समय कसरी समृद्ध गर्मीको रूपमा विकसित हुँदैन भनेर अन्त्य भएको विलियम ब्लेकको कविता ‘द स्कुल व्वाइ’लाई नेपालीकरण गर्दै विधालय, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरुको समान महत्व र साझेदारीलाई समा सम्मान गर्दै बढो रचानात्मक ढंगले नाटको परिकल्पना गरिएको छ। उम्दा प्राविधिक पक्ष, उत्कृष्ट अभिनयले नाटकलाई अझ सशक्त बनाएको छ।

सन्तानलाई पढाएर ठूलो मान्छे बनाउने तथा पढेर ठूलो मान्छे बन्ने सपना नबोकेका मान्छेहरु विरलै पाइएला तर फरक किसिमका प्रतिभा भएको बाल-बालिकाहरुलाई हामीले कसरी उनिहरुको सपना पुरा गर्न प्रयसारत छौं ? भन्ने नाटकको मुख्य विषयवस्तु हो। खगोलविद् हुने सपना बोकेका गौरव मिश्र जो अहिले कक्षा ५ मा अध्ययनरत छन् , उनको सपना पुरै ब्रम्हाण्डको र त्यहाँको जीवनको अध्ययन गर्ने रहेको छ। विज्ञानले समेत मानिसकेको समानान्तर ब्रम्हाण्ड, समय यात्राको खोज तथा अनुसन्धान उनको रुचि हो ।

विश्वका विकसित मुलुकहरुको अभ्यास हेर्ने हो भने विधालय भर्ना भएर औपचारिक रुपमा पठनपाठन गर्ने/गराउने उमेर कमसेकम ६ वर्षको हुनुपर्ने मान्यता रहेको पाईन्छ।यहाँ गौरवलाई ३ वर्षको उमेरदेखि विधालय पठाईन्छ,बच्चाहरूको प्रगति फरक-फरक दरमा हुन्छ। तिनीहरूको रुचि, क्षमता र व्यक्तित्व फरक-फरक हुन्छ ।हामीले बच्चाहरुलाई गर्ने व्यवहारले गर्दा केटाकेटीले हासिल गर्ने केही उल्लेखनीय घटनाहरूको विषयमा नाटकमा विमर्श गराईएको छ।अहिलेको युगमा तपाईंको बच्चा हुर्कंदै जाँदा उसले नयाँ र रोमाञ्चकारी क्षमताहरू विकास गरिरहेको हुन्छ, उदाहरणको लागि ६ देखि ७ बर्षको बच्चाहरुले धेरै क्रियाकलापहरूको आनन्द उठाउँछ र व्यस्त रहन्छ, रङ लगाउन र कोर्न मन पराउन्छन उनिहरुले सामान्यतयासंख्याको अवधारणा बुझ्दछन, दिन र रात थाहा पाउदछन, दाहिने र देब्रे हात जान्दछन्, अलग निर्देशनहरू भएका आदेशहरू बुझ्दछन, वस्तुहरू र तिनीहरूको प्रयोगको व्याख्या गर्न सक्दछन।
त्यसैगरी ८ देखि ९ वर्षको बच्चाहरुले चाल र क्षमतासँग बढी शालीन हुन्छन, खेलकुदमा व्यस्त रहन खोज्छन, उपकरण र प्रविधिसँग जोडिन खोज्छन, आफ्नि कार्यहरु आफै गर्न रुचाउछन्सो अनुसार बच्चाहरू स्कूलको उमेरमा प्रवेश गर्दा, उनीहरूको सीप र अवधारणाहरूको बुझाइ बढ्दै जान्छ ।
अविभावक, विधालय तथा शिक्षकहरुले बच्चाहरुले गर्ने अन्तरक्रिया हरुको समेत ख्याल राख्दै उनिहरुलाई उचित मार्गनिर्देशन गर्नु पर्दछ।हुर्किनुको एउटा महत्त्वपूर्ण भाग अरूसँग अन्तरक्रिया र सामाजिकीकरण गर्न सिक्नु हो। विद्यालय उमेरका वर्षहरूमा, तपाईंले आफ्नो बच्चामा परिवर्तन देख्नुहुनेछ। ऊ वा उनी एक्लै खेल्नबाट धेरै साथीहरू र सामाजिक समूहहरू हुन जान्छ। मित्रता थप महत्त्वपूर्ण हुन्छ। तर तपाइँको बच्चा अझै पनि तपाइँलाई आमाबाबुको रूपमा मनपर्छ, र परिवारको हिस्सा हुन मनपर्छ। उमेर समूह अनुसार बच्चाहरुको मनोविज्ञान विकसित हुँदै जान्छ ।

जस्तै ६ देखि ७ वर्षको बच्चाहरुले साझेदारी मन पराउन थाल्दछन्, अरू र दाजुभाइको ईर्ष्या गर्न सुरु गर्न सक्दछन्, वयस्कहरूको प्रतिलिपि गर्न मन पराउन सक्छन, एक्लै खेल्न मनपर्छ, तर साथीहरू महत्त्वपूर्ण हुँदैजान्छन्, कहिलेकाहीँ रिस देखाउन सक्दछन् । त्यसैगरी ८ देखि ९ वर्षको बच्चाहरुले प्रतिस्पर्धा र खेल मन पराउन सक्छन्, विपरित लिङ्गीप्रति चासो बढेको देकाउन सक्छन, आमाबाबुलाई मन पराउँछन् र आदर गर्छन् साथसाथै अरूसँग कुरा गर्दा आनन्द अनुभुत गर्न सक्दछन् ।

यस्ता अभिव्तक्तिहरु सँगै विद्यालय र घरमा बच्चाको सामाजिक क्षमतालाई विकास गर्दै प्रोत्साहन गर्न आवश्यक रहेको हुन्छ।हामीले आफ्नो विद्यालय जाने उमेरका बालबालिकाको सामाजिक क्षमतालाई बढावा दिन मद्दत गर्दै बच्चाहरुको सहयोगी र व्यक्तिगत उपलब्धिहरूको लागि प्रशंसा गर्ने, उनिहरुको क्षमता विकासको लागि उपयुक्त गतिविधिहरू छनौट गर्न मद्दत गर्ने, उनिहरुलाई कुरा गर्न र उनिहरुकोको भावनाहरूसँग खुला हुन प्रोत्साहन गर्ने, बच्चाहरुको रहर र अन्य गतिविधिहरूमा संलग्न हुन प्रोत्साहन दिने, शारीरिक गतिविधि प्रवर्द्धन गर्ने, आत्म-अनुशासनलाई प्रोत्साहन दिने, सँगै निर्बाध समय बिताउने र आफ्नो बच्चालाई पूर्ण ध्यान दिने, स्क्रिन समय सीमित गर्नेजस्ता कार्यहरुमा ध्यान दिएमा सहज रुपमा बच्चाहरुको बृद्धिविकासमा हामीले महत्वपूर्ण भूमिका खल्न सक्ने कुरालाई नाटकको माध्यमबाट अति नै सरल तरिकाले प्राविधिक उत्कृष्टतताका साथ देखाईएको छ।नाट्य समूहले बढो संवेदनशील विषय उठाएका छन् । सुखी बाल्यकालले समाजलाई फलदायी ढंगले सेवा गर्न सक्ने आत्मविश्वासी युवा निर्माण गर्न मद्दत गर्छ।

यस्ता नाटकहरु मञ्चन हुनुले हाम्रो समाजमा विधमान रहेको बालमनोविज्ञानको खाल्डोलाई पुर्न थप मद्धत गर्ला।बाल मनोविज्ञान बुझ्न ईच्छुक विधालय, शिक्षक तथा अभिभावकहरुलाई यो नाटक लाभदायक हुन सक्छ, यसले तपाइँको सोचमा पक्कै सकारात्मक प्रभाव पार्ने विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्