विराटनगरमा चिसो बढ्यो, विद्यार्थीको उपस्थितिमा कमी

<span class='c1'>विराटनगरमा चिसो बढ्यो,</span> <span class='c2'>विद्यार्थीको उपस्थितिमा कमी</span>

इन्दु साह
विराटनगर । माघ महिना लागेसँगै विराटनगरमा चिसो बढेको छ । चिसोको कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्दो क्रममा रहेको छ। जसले पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्ला दिनहरूमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरू रुघाखोकी र ज्वरोबाट पीडित भएका छन् ।

विराटनगर महानगरपालिकाको शैक्षिक कार्यपात्रो अनुसार सामुदायिक विद्यालयहरूमा माघ १ गतेदेखि ५ गतेसम्म हिउँदे बिदा दिइएको छ । तर केही निजी विद्यालयहरूमा भने पठनपाठन जारी रहेको छ । यस सम्बन्धमा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख राम ढुंगेलले भने, "महानगरको शैक्षिक कार्यपात्रोमा उल्लेख भए अनुसार सबै विद्यालयले बिदा दिएका हुन् । यदि कुनै निजी विद्यालयले पठनपाठन सञ्चालन गरिरहेको भए हामीलाई जानकारी छैन।"

विराटनगर महानगरका स्वास्थ्य शाखा प्रमुख डाक्टर दिलीप यादवले चिसोबाट बच्न विद्यार्थीहरूलाई विशेष सुझाव दिएका छन् । उनका अनुसार विद्यार्थीहरूले न्यानो कपडाहरू जस्तै स्वेटर, ज्याकेट, मखलर, टोपी र पञ्जा लगाउनुपर्छ । त्यसैगरी शरीरलाई सुख्खा राख्ने, भिज्नबाट जोगाउने, मोजा र बन्द जुत्ता लगाउने र बिहान तातो पानीले स्नान गर्ने गर्नुपर्छ ।

स्वास्थ्य महाशाखा प्रमुखले पौष्टिक खानेकुराको महत्वमा पनि जोड दिएका छन् । उनका अनुसार तातो दूध वा दूधजन्य पेय पदार्थ, सुप, दाल र तरकारीको झोल, मसलायुक्त चिया, सुकेका फलफूल, काजुबदाम, अण्डा, मासु, हरियो सागपात, ताजा फलफूल, च्याउ, मकै र गाजर जस्ता खानेकुराहरू खान सुझाव दिएका छन् ।

डा. यादवका अनुसार यी सावधानीहरू अपनाएमा विद्यार्थीहरू चिसो मौसममा पनि स्वस्थ रहन र पढाइमा राम्रोसँग ध्यान दिन सक्छन् । महानगरका केही अभिभावकहरूले चिसोबाट जोगाउने उपाय बारे परामर्श लिने गरेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्