ओवी अपडेट : मोरङ प्रहरीले छापा हानेको खाद्यन्न सामाग्रीको बारे राजस्वले थाल्यो अनुसन्धान

ओवी अपडेट : मोरङ प्रहरीले छापा हानेको खाद्यन्न सामाग्रीको बारे राजस्वले थाल्यो अनुसन्धान

विराटनगर । विराटनगर-११ केसेलिया रोडमा श्याम सुन्दर रौनियारले संचालन गरेको शिवम् गणपति ट्रेडिङको खाद्य गोदाममा प्रहरीले छापा मारेको छ ।

मंगलबार दिउँसो छापा हानेर भन्सार छली गरेको आशंकामा एक गाडी खाद्यन्यको सामाग्री बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको टोलीले गोदाममा छापा मारेको हो ।

गोदाममा छापा मारेर करिब झन्डै ३ सय बोरा दाल, केराउ र पहेलो तोरी लगायतका खाद्यन्य सामाग्री बरामद गरेको थियो ।

भारतबाट भन्सार छली गरि अवैध रुपमा नेपाल भित्राएर सामान राखेको आशंकमा छापा हानी उक्त सामान बरामद गरिएको मोरङ प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । बरामद गरेको सामान मोरङ प्रहरीको वान टन गाडी भरिएको थियो ।

क्यारिङ मार्फत जोगवनीदेखि खाद्यन्य सामान ल्याउने र गोदाममा राख्ने गरेको प्रहरीलाई सूचना पुगेको थियो । सोही सूचनाको आधारमा छापा हानेर भन्सार छली गरेको खाद्यन्य नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको खाद्यन्न सामाग्री राजस्व अनुसन्धान कार्यालय इटहरीको टोली अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्