पत्रकार लम्साललाई डिआईजी बिसीको सरप्राईज सम्मान

पत्रकार लम्साललाई डिआईजी बिसीको सरप्राईज सम्मान

विराटनगर । नयाँ पत्रिका दैनिकका प्रदेश ब्युरो प्रमुख पत्रकार गणेश लम्साल सम्मानित भएका छन् ।

भर्खरै एआईजीमा बढुवा भएका प्रदेश नं. १ प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसीले उनलाई सरप्राईज सम्मान गरेका हुन् । बिहान चिया खान बोलाएर फरक ढंगबाट डिआईजी बिसीले पत्रकार लम्साललाई सम्मान गरेका हुन् । प्रदेश प्रहरी कार्यालय प्रमुखको रुपमा १ वर्षे कार्यकाल व्यतित गरेका बिसीले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नयाँ पत्रिका दैनिकको तर्फबाट पत्रकार लम्सालले गरेको सहयोग र पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरेको बताएका छन् । उनले भने, ‘मैले आजसम्म कोहीपनि पत्रकारलाई सम्मान गरेको थिईन् । तर, पत्रकार लम्साल मलाई मनपर्ने नैतिकवान पत्रकार हुन् । त्यसैले उनलाई सम्मान गरेको हुँ ।’

डिआईजी बिसीबाट सम्मान ग्रहण गरे पश्चात पत्रकार लम्सालले आफ्नो सामाजिक सञ्जालमा छोटो धन्यवाद स्टाट्स लेखेका छन् । बिहान चिया खान बोलाएर सरप्राईज दिएर सम्मान गरेकोप्रति आभार व्यक्त गर्दै उनले एआईजीमा बढुवा भएका बिसीलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

उनले लेखेका छन, ‘आज बिहान जाने बेलामा तपाईसँग बसेर एक कप चिया खाने रहर छ भनेर बोलाउनुभयो । अनि मैले आजसम्म कोही पनि पत्रकारलाई सम्मान गरेको थिईन, तर तपाई मलाई मनपर्ने पहिलो नैतिकवान पत्रकार हो भन्दै अचानक खादा ओढाएर कदरपत्र दिँदै सम्मान गर्नुभयो । म तीन छक्क परे । प्रदेश नं. १ प्रदेश प्रहरी प्रमुखको एक बर्षे कार्यकाल सफलतापुर्वक बिताउनुभएका डिआईजी अरुण कुमार बिसी ज्यूको एआईजीको कार्यकाल पनि पुर्ण व्यवसायिक रुपमा सफल रहोस । कदरका लागि उहाँलाई मुरीमुरी धन्यवाद । अनि बढुवा हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्