विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा अहिले भर्खरै दुर्घटना भएको छ । भारतीय नम्बर प्लेट जेएच.१०.सिडी. २६३६ नम्बरको मालवहाक ट्रकले बागमती प्रदेश–१–०२५–च ६०९१ नम्बरको कारलाई ठक्कर दिएको हो ।
दुर्घटनामा दुवै सवारीमा सवारको अवस्था सामान्य रहेको छ । कारको अगाडिको भागमा क्षती पुगेको प्रहरीले जनाएको छ ।
कारले अर्को सवारीलाई जोगाउदा अचानक मोड लिने क्रममा तिव्र गतिमा आईरहेको ट्रकसँग ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन् ।