विराटनगरबाट ५०० बोरा मकै लोड भएको ट्रक प्रहरी नियन्त्रणमा

विराटनगरबाट ५०० बोरा मकै लोड भएको ट्रक प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ केसलियाबाट भन्सार छलेको ५०० बोरा मकैसहित ट्रक नियन्त्रणमा लिइएको छ । प्रहरीले २३ लाख ७५ हजार मूल्य बराबरको ट्रकम लोड भएको सामान भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिइएको हो ।

ना ४ ख १६७८ नम्बरको ट्रकमा लोड गरेर ल्याएको मकै भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

सामान कसको भन्ने विवरण प्रहरीले खुलाएको छैन । भन्सार छलेर ट्रकका ट्रक सामान भित्रदाँ समेत सीमा क्षेत्रमा निगरानी भने कमजोर देखिएको छ । सीमा क्षेत्रबाट सशस्त्र प्रहरी मिलेर छोडेको आशंका गर्दै नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले सामान नियन्त्रणमा लिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्