विराटनगरका उद्योगी बजेटप्रति असन्तुष्टि जनाउँदै सडक प्रदर्शनमा

विराटनगरका उद्योगी बजेटप्रति असन्तुष्टि जनाउँदै सडक प्रदर्शनमा

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत कोशी राजमार्गमा विराटनगरका उद्योगीहरुले विरोध प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको अगुवाईमा उद्योगी–मजदुरको संयुक्त आन्दोलन अन्तर्गत बजेटको विरोध गर्दै प्रदर्शन गरिएको हो । चक्का जाम गर्ने कार्यक्रम राखिएको भएपनि त्यसलाई संशोधन गरेर मार्चपास र कोणसभा गरिएको छ ।

आन्दोलनकारी उद्योगी–मजदुरको समूहले मोरङको बुढीगंगास्थित हुलास स्टिल एण्ड वायर उद्योग अगाडीको सडकमा उद्योगी–मजदुरको संयुक्त विरोध प्रदर्शन भईरहेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार शारडाले जानकारी दिनुभयो । सरकारको आर्थिक वर्ष २०७९÷२०८० को बजेटमा एमएस वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याडमा कायम गरिएको करको दरले स्वदेशी उद्योग मारमा पर्ने भन्दै उद्योगीहरुले उक्त विषयलाई पुनरावलोकन गर्नुपर्ने मागसहित चरणवद्ध आन्दोलन सुरु गरेका हुन् ।

सरकारले जीआई वायरको कच्चा एमएस वायर रडमा ५ प्रतिशत भन्सार महसुललाई १० प्रतिशत दुईहजार ५०० प्रतिमेट्रिकटन अन्तःशुल्कलाई ४ हजार ५०० पु¥याइएको छ । सरकारको यो नीतिले देशभरका ३५ बढी उद्योग मारमा पर्ने भन्दै चरणवद्ध आन्दोलन सुरु गर्ने बुधबार नै घोषणा गरिएको थियो ।

यसैगरी वनस्पति घ्यूतेलको कच्चामा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रशोधित पाम र पामोलिन तेल आयात गर्दा ५ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने नीति लिइएको छ । यसले आयात प्रवद्र्धन हुने र स्वदेशी उद्योगहरु मारमा पर्ने दावी गरिएको छ । यसैगरी सेनेटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा त्यसलाई घटाएर १.५ प्रतिशत कायम गरिएकोप्रति उद्योगीहरुको विरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्