महिला जागृति वृद्धाश्रममा लर्डबुद्ध स्कुलका विद्यार्थी : गरे पौष्टिक खानेकुरा वितरण

महिला जागृति वृद्धाश्रममा लर्डबुद्ध स्कुलका विद्यार्थी : गरे पौष्टिक खानेकुरा वितरण

विराटनगर । विराटनगर–२ दुर्गा चौकस्थित लर्डबुद्ध निकेतन स्कुलका विद्यार्थीहरुले वृद्ध आमाहरुलाई पौष्टिक खानेकुरा तथा फलफुल वितरण गरेका छन् ।

विद्यालयको कक्षा १ र २ मा अध्ययनरत छात्रछात्राहरुले पुष्पलाल चोकस्थित महिला जागृति तथा वृद्धाश्रमका आमाहरुलाई पौष्टिक खानेकुरा वितरण गरेका हुन् । वृद्धाश्रममा १० जना वृद्ध आमाहरु छन् । विद्यार्थीहरुलाई समाजप्रति उत्तरदायी बनाउन विद्यालयको नियमित कार्यक्रम अन्तर्गत आमाहरुलाई उक्त पौष्टिक खानेकुरा र फलफुल वितरण गरिएको विद्यालयका सह–प्रधानाध्यापक मनोज ओझाले बताए ।

विद्यार्थीहरुलाई समाजप्रति उत्तरदायी बनाउन विद्यालयले नियमित रुपमा यसप्रकारका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्