विराटनगरमा मेडिकल तथा इन्जिनियरिङको पूर्वतयारी कक्षाहरु असार १ गतेदेखि

विराटनगरमा मेडिकल तथा इन्जिनियरिङको पूर्वतयारी कक्षाहरु असार १ गतेदेखि

विराटनगर । विराटनगरमा हुने मेडिकल तथा इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरुको सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिन आयोजित सेमिनार सम्पन्न भएको छ ।

भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि पूर्वमै पहिलोपटक हुन लागेको उक्त पुर्वतयारी कक्षाहरु बारे जानकारीका लागि आयोजित सेमिनार बुधबार सम्पन्न भएको हो । विराटनगर–९ जहदा रोडस्थित सिटी पार्टी प्यालेसमा सेमिनारको आयोजना गरिएको थियो । सेमिनारमा भर्खरै प्लस टुको परीक्षा दिएका ४०० बढी विद्यार्थी र १५ बढी बिषयगत शिक्षकहरु सहभागी थिए । सेमिनारमा विद्यार्थीहरुलाई असार १ गतेदेखि हुने मेडिकल, पारामेडिकल र इन्जिनियरिङको पूर्वतयारी कक्षाहरु बारे जानकारी गराईएको थियो । एचिभर्स कन्सल्टिङ सर्भिसेसले सुरु गर्न लागेको पूर्वतयारी कक्षाहरुप्रति विद्यार्थीहरु पनि उत्साहित देखिएकोे एचिभर्सकी निर्देशक सुमन अग्रवालले बताईन् ।

आउँदो असार १ गतेदेखि जहदा रोडस्थित एचिभर्समा मेडिकल तथा पारामेडिकल तर्फ एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, बिए एसएलपी, बी पफ्र्युजन टेक्नोलोजी, बिएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मेसी, बिएएमएस, बिएनएस, बी अप्टोमेट्री, बिपीटी र बिपीएच गरी दर्जन बढी बिषयका कक्षाहरु सञ्चालन हुने भएका छन् । एचिभर्सका अनुसार इन्जिनियरिङतर्फ पनि बिई, बी आर्क र बिएस्सी सिएसआईटी लगायतका बिषयको पूर्र्वतयारी कक्षाहरु सूरु गर्ने योजना छ ।

प्लस टु पश्चात मेडिकल र इन्जिनियरिङको पूर्व तयारीका लागि राजधानी नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न विराटनगरमा उक्त बिषयको तयारी कक्षाहरु सुरु गर्न लागिएको एचिभर्स कन्सल्टिङ सर्भिसेसका प्रबन्ध निर्देशक सुनिल जायसवालले बताए । उनले बिषयगत दक्ष तथा अनुभवी शिक्षकहरुको उपस्थितिमा इन्ट्रान्सको तयारी अब विराटनगरमै सम्भव हुने जानकारी दिए ।

असार १ गतेदेखि सुरु हुने तयारी कक्षाका लागि एचिभर्र्सले हाल आवेदन खुलाईसकेको छ । सुरुवाती चरणमा दुवै बिषयमा १००÷१०० जना विद्यार्थीहरु भर्ना लिने एचिभर्सको तयारी छ । एचिभर्सका अनुसार ३ महिने कोर्ष रहेको उक्त दुई बिषयको पूर्वतयारी कक्षा पनि मात्र रु. १५ हजारमा प्रदान गरिने छ ।

एचिभर्सले भने कक्षा १२ मा राम्रो अङ्क सहित उत्तीर्ण हुने विद्यार्थीहरुका लागि आफ्नो भर्ना शूल्क परीक्षामा प्राप्त नतिजाको आधारमा छात्रवृत्तिको व्यवस्था समेत मिलाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्