विराटनगर–१२ बाट भन्सार छलेर ल्याएको कपडा बरामद

विराटनगर–१२ बाट भन्सार छलेर ल्याएको कपडा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका १२ बखरीमा भारतबाट अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा बरामद गरेको छ । कुर्ता–सुरूवाल, हाफ पाईन्ट, कपडा रोल गरेरअन्दाजी १ लाख ९४ हजार १०० मूल्यको कपडा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्