विराटनगर–११ स्थित शान्ति यूवा क्लबको अध्यक्षमा मेहता

विराटनगर–११ स्थित शान्ति यूवा क्लबको अध्यक्षमा मेहता

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ११ स्थित शान्ति यूवा क्लबको अध्यक्षमा अनिश मेहता चयन भएका छन् ।

क्लबको बिहीबार भएको भेलाले आगामी १ वर्षे कार्यकालका लागि क्लबको अध्यक्षमा मेहतालाई चयन गरेको हो । क्लबको अध्यक्षमा मेहतासँगै उपाध्यक्षमा ललित मेहता, महासचिवमा जयकिशोर यादव, सचिवमा लक्ष्मी चौधरी, सह–सचिवमा राकेश दास र कोषाध्यक्षमा प्रियंका चौधरी चयन भएकी छन् । यस्तै क्लबको कार्यसमिति सदस्यहरुमा क्रमशः प्रभात चौधरी, कशिस साह र उर्मिला आर्यलाई चयन गरिएको छ । क्लबको विराटनगर इन्चार्जको जिम्मेवारी भने प्रदुमन मेहताले प्राप्त गरेका छन् ।

२०७७ बैशाख २९ गते स्थापना भएको क्लब विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै आएको छ । बिहीबार क्लबमा आबद्ध कक्षा १२ का विद्यार्थीहरुको बिदाई कार्यक्रमका बिच नयाँ कार्यसमिती चयन भएको हो ।

कार्यक्रममा भने युवा नेता ओसिम आलम, वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, आभा फाउन्डेशनकी अध्यक्ष आभा अनुपमा, विद्यार्थी नेता अभिमन्यु यादव, अमर मण्डल, समाजसेवी रिङकु परियार, निरज देव, रोशन कुस्वाहा र रितेश देव लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्