क्रोएसिया पठाईदिने भन्दै ठगी गरेको आरोपमा विराटनगरका एकव्यक्ति काठमाण्डौंमा पक्राउ

क्रोएसिया पठाईदिने भन्दै ठगी गरेको आरोपमा विराटनगरका एकव्यक्ति काठमाण्डौंमा पक्राउ

विराटनगर। क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा विराटनगरका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका स्थायी घर भएका ३६ वर्षीय उत्सव दाहाल रहेका छन् । हाल काठमाडौं महानगरपालिका–१० बस्‍दै आएका थिए ।

बिहीबार बालाजुको माछापोखरीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाहाललाई पक्राउ गरेको हो । दहालले अजय वाइवालाई वैदेशिक रोजगारको लागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रकम ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीको लागि वैदेशिक रोजगार बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

पीडितसँग दुई लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागको आग्रहमा पक्राउ गरी उपस्थित गराइएको बताइएको छ । काठमाण्डौं महानगरपालिका १६ बालाजुबाट उनलाई पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्