कक्षा १२ का विद्यार्थीलाई अरनिको कलेजको बिदाई

कक्षा १२ का विद्यार्थीलाई अरनिको कलेजको बिदाई

विराटनगर । विराटनगर-१० मा रहेको अरनिको कलेजले कक्षा १२ का परिक्षा दिएका विद्यार्थीहरुलाई बिहिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थापन संकायका २३ औं ब्याचको ७ सय ७५ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रध्यापक कुष्ण वस्ती, कलेजका राजेश कार्की निर्देशक डा.भविन्द्र निरौला, को-अर्डिनेटरहरु विकाश खनाल र कलेजका शिक्षक अरुण कोइराला विद्यार्थीलाई उज्वल भविष्यको शुभकामना दिएर बिदाई गरेका थिए ।

अहिव अधिकारी र आयुष पोखरेलले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्