पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । त्यसैगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२ रुपैयाँले बढेर १६५ पुगेको छ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ । एलपी ग्याँस अहिले प्रति सिलिन्डर १८०० रुपैयाँ बिक्री भइरहेको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्